ad ad

ग्लोबल


भाजपाले एकल बहुमत गुमाउने संकेत, के असर पर्छ मोदीलाई?

भाजपाले एकल बहुमत गुमाउने संकेत, के असर पर्छ मोदीलाई?

नेपालखबर
जेठ २२, २०८१ मंगलबार १२:२३,

सन् २०१९ को चुनावमा नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीले लोकसभामा ३०३ सिट जितेको थियो। एनडीए गठबन्धनसँग ३५३ सिट थियो।

त्यसैले यसपटकको चुनाव नजिकिँदै गर्दा मोदीले ‘अब की बार, चार सौ पार’ को नारा दिएका थिए।

अर्थात् एनडीएको सिट संख्या अझै ५० जति थपेर ४०० कटाउने उनको घोषित लक्ष्य थियो।

तर, मंगलबार मतगणना जारी रहँदा ४०० त होइन, भाजपा एक्लैले बहुमत समेत कायम राख्न नसक्ने संकेत देखिएको छ।

मध्याह्नको १२ बजेसम्म भाजपा २४१ सिटमा अगाडि देखिन्छ। १ सिट भाजपाले पहिले नै जितिसकेको छ। जबकि सरकार बनाउनका लागि उसलाई २७२ सिट आवश्यक पर्छ।

त्यसैले मोदी अब सरकार बनाउन एडीए गठबन्धनका अन्य दलसँग निर्भर रहन सक्छन्। जसले सरकार सञ्चालनमा ती दलको भूमिका बढ्ने देखिन्छ।

एनडीए हाल २९४ सिटमा अगाडि देखिन्छ।

भाजपा एक्लैको बहुमत कायम नरहे मोदी प्रधानमन्त्री रहन त सक्छन् तर उनको अपराजेय नेताको छवि भने ध्वस्त हुने विश्लेषण गरिँदै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .