ad ad

ग्लोबल


अरुन्धती रायविरुद्ध आतंकवादविरोधी कानुनअन्तर्गत मुद्दा चलाइने

अरुन्धती रायविरुद्ध आतंकवादविरोधी कानुनअन्तर्गत मुद्दा चलाइने

नेपालखबर
असार १, २०८१ शनिबार १९:५,

बुकर पुरस्कार विजेता लेखिका अरुन्धती रायलाई भारतमा आतंकवादविरोधी कानुनअन्तर्गत मुद्दा चलाइने भएको छ।

दिल्लीका उपराज्यपाल भीके सक्सेनाले राय र कस्मिरका डाक्टर शेख शौकत हुसेनविरुद्ध गैरकानुनी गतिविधि (रोकथाम) अधिनियम (यूएपीए) अन्तर्गत मुद्दा चलाउने अनुमति दिएका हुन्। 

१९६७ मा ल्याइएको यो कानुनलाई पटकपटक संशोधन गरेर निकै कडा बनाइएको छ। यो कानुनको खण्ड ३५ अनुसार मुद्दा फैसला हुनुअघि नै सरकारले कुनै व्यक्ति वा संगठनलाई आतंकवादी घोषित गर्न सक्छ।

रायमाथि चलेको यो मुद्दाको घटना पनि १४ वर्ष पुरानो हो। 

सन् २०१० मा एक भाषणमा रायले कस्मिर कहिल्यै पनि भारतको हिस्सा नरहेको र सो स्थान भारतीय फौजले जबर्जस्ती कब्जा गरेको बताएको आरोप छ।

उनीविरुद्ध सुशील पण्डित नामक व्यक्तिले जाहेरी दिएका थिए।

दिल्लीका उपराज्यपालको यो निर्णयपछि त्यसको विरोध सुरु भएको छ। मोदी सरकारले थुप्रै असहमत व्यक्तित्वहरुलाई यही कानुनअन्तर्गत मुद्दा चलाउँदै आएको छ। कतिपयलाई मुद्दा नलगाई वर्षौंदेखि जेलमा थुनिएको छ।

रायले द गड अफ स्मल थिङ्स नामक उपन्यासका लागि १९९७ मा बुकर पुरस्कार जितेकी थिइन्। उनी भारत सरकारका नीतिहरूको चर्को आलोचक र उत्पीडित समुदायको पैरवीकर्ताका रूपमा चिनिन्छिन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .