दक्षिणी इटालीको तटमा दुईवटा जहाज डुब्दा ११ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी बेपत्ता भएका छन्।
बीबीसीका अनुसार घटनास्थलमा उपस्थित उद्धार टोलीले उक्त जानकारी दिएको हो।
जर्मन परोपकारी संस्था रेस्क्युसिपले सोमबार लाम्पेडुसा टापुमा ५१ जनालाई डुब्नबाट बचाएको बताएको छ। त्यस क्रममा काठको डुङ्गा पनि निकालेको र तल्लो डेकमा १० शव फेला परेको बताइएको छ।
चिकित्सा राहत उपलब्ध गराउने स्वतन्त्र अन्तर्राष्ट्रिय संस्था डक्टर्स विदाउट बोर्डर्स (एमएसएफ) ले अर्को यस्तै घटनामा ६० जनाभन्दा बढी बेपत्ता भएको जानकारी दिएको छ, जसमध्ये २६ बालबालिका रहेको आशंका गरिएको छ।
यो डुङ्गा लिबिया र टर्कीका आप्रवासी लिएर गएको संयुक्त राष्ट्रसंघीय निकायहरूले बताएका छन्।
51
Shares
प्रतिक्रिया