ad ad

ग्लोबल


युक्रेनमा रुसलाई ‘पूर्ण समर्थन’ गर्ने किमको घोषणा, पुटिनको भव्य स्वागत

युक्रेनमा रुसलाई ‘पूर्ण समर्थन’ गर्ने किमको घोषणा, पुटिनको भव्य स्वागत

नेपालखबर
असार ५, २०८१ बुधबार १२:५९,

उत्तर कोरियाली नेता किम जोङ उनले युक्रेनमा रुसी कारबाहीप्रति पूर्ण समर्थन व्यक्त गरेका छन्। २४ वर्षपछि भ्रमणमा आएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्तापछि उनले यस्तो बताएका हुन्।

किमले रुससँगको रणनीतिक सहकार्य अझ सुदृढ बनाउने घोषणा पनि गरे।

पुटिनले पनि रुस र उत्तर कोरियाको सहकार्य समानता र आपसी सम्मानको सिद्धान्तमा आधारित भएको बताए। 

उनले दुई देशबीचको सम्बन्धलाई परिभाषित गर्ने नयाँ आधारभूत दस्तावेज तयार गरिएको भएको पनि बताए।

‘गत वर्षको तपाईंको रुस भ्रमणको फलस्वरुप हामीले दुई राज्यबीचको सम्बन्धमा महत्वपूर्ण प्रगति गरेका छौँ। एउटा नयाँ आधारभूत दस्तावेज आज तयार भएको छ। जसले दीर्घकालमा हाम्रो सम्बन्धलाई आधार प्रधान गर्नेछ,’ पुटिनले भने। 

त्यसअघि प्योङयाङमा पुटिनको भव्य स्वागत गरिएको थियो। हजारौँको समूहले सडकमा उभिएको पुटिनको नाम पुकार्दै उनको स्वागत गरेको थियो।

पुटिनले किमलाई मस्को भ्रमणको निम्ता पनि दिएका छन्। 

यी दुई नेताबीच यसअघि सेप्टम्बरमा रुसमा भेट भएको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .