अमेरिकी अर्बपति टिमोथी मेलनले एक्लै डोनाल्ड ट्रम्पको राष्ट्रपति चुनाव अभियानमा ५ करोड डलर चन्दा दिएका छन्।
ट्रम्पका लागि काम गर्ने मेगा इंक नामक असुपर प्याक कोषले संघीय निर्वाचन आयोगलाई गत महिना मानिसहरूबाट ६.८ करोड डलरभन्दा बढी चन्दा लिएको बताएको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार पिट्सबर्गस्थित मेलोन बैंकिङ परिवारका उत्तराधिकारी टिमोथी मेलनले ट्रम्पलाई ५० मिलियन डलर दान गरेका छन्।
अर्बपति लिज र डिक उइलेनले एक करोड डलर दान गरेका छन्।
अमेरिकी मिडियाका अनुसार न्युयोर्क हस मनी केसमा ट्रम्पलाई दोषी ठहर गरेको एक दिनपछि मेलनले यो चन्दा पठाएका हुन्।
मेलनले स्वतन्त्र राष्ट्रपति पदका उम्मेदवार रोबर्ट एफ केनेडी जुनियरलाई पनि सबैभन्दा बढी २ करोड डलर चन्दा दिएका छन्।
मेलनले दिएको चन्दाको सहयोगमा पछिल्ला केही हप्तामा ट्रम्पको टोलीले चुनावी अभियानमा राष्ट्रपति बाइडेनभन्दा बढी खर्च गरेको छ।
Shares
प्रतिक्रिया