ad ad

ग्लोबल


दस वर्षपछि कंग्रेसले पायो विपक्षी दलको हैसियत, राहुल गान्धी नेता चयन

दस वर्षपछि कंग्रेसले पायो विपक्षी दलको हैसियत, राहुल गान्धी नेता चयन

नेपालखबर
असार १२, २०८१ बुधबार १८:५५, काठमाडौँ

भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धी लोक सभामा विपक्षी दलको नेता चयन भएका छन्।

भारतीय जनता पार्टी (भाजपा) सत्तामा पुगेपछि भारतीय संसदको तल्लो सदनले १० वर्षपछि संवैधानिकरूपमा विपक्षी दल पाएको छ। यसअघिका दुवै निर्वाचनमा कंग्रेसले १० प्रतिशत अर्थात् ५४ सिट सांसद निर्वाचित गराउन नसक्दा विपक्षी दलको हैसियत नै पाउन सकेको थिएन। सन् २०१४ मा २२ र २०१९ मा ५२ सिट जितेको कांग्रेसले यसपल्ट भने ९९ सिटमा विजय हासिल गरेको छ।

कंग्रेसका वरिष्ठ नेता केसी बेनुगोपालका अनुसार कांग्रेस संसदीय दलकी प्रमुख सोनिया गान्धीले सभामुखलाई पत्र लेखेर राहुल विपक्षी दलको नेता भएको जानकारी मंगलबार नै दिएकी थिइन्। सभामुखले भने यसको घोषणा गर्न बाँकी छ।

कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेको निवासमा मंगलबार बसेको इन्डिया गठबन्धनले राहुलाई विपक्षी दलको नेता बनाउने निर्णय गरेको थियो।

सन् २००४ देखि लगातार ५ पल्ट सांसद चुनिए पनि राहुलले २०१९ मा कंग्रेसको अध्यक्ष पदबाट राजीनामा दिएका थिए । मंगलबार इन्डिया गठबन्धनको बैठकपछि उनी विपक्षी दलको नेता बन्न तयार भएका हुन्। उनले बुधबार लोक सभामा विपक्षी दलको नेताका रूपमा सम्बोधनसमेत गरेका छन्।

राहुल उत्तर प्रदेशको रायबरेली र केरलाको वायनाड क्षेत्रबाट निर्वाचित सांसद हुन्। वायनाड क्षेत्र छाडेर रायबरेलीको सांसदका रूपमा उनले हिजो लोक सभा सदस्यको शपथ लिएका थिए।

बुधबार लोकसभा सभामुखमा ओम विरला निर्वाचित भएकोमा बधाई दिँदै गान्धीले भनेका छन्, 'सरकारसँग राजनीतिक शक्ति छ तर विपक्षीले भारतीय नागरिकहरूको दमदार तरिकाले प्रतिनिधित्व गरिरहेको छ।'

संसद् चलाउनका लागि प्रतिपक्षीले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले संसद्‍मा विपक्षी आवाज नदबाइने विश्वास पनि व्यक्त गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .