जापानको ओकिनावा टापुमा एक अमेरिकी सैनिकविरुद्ध एक किशोरीलाई अपहरण गरी बलात्कार गरेको आरोप लागेको छ।
यो मामलाले अमेरिकी सेनाविरुद्ध देशमा लामो समयदेखि चलिरहेको स्थानीय विरोधलाई भड्काउन सक्छ।
ओकिनावा टापु जापानमा तैनाथ ५४ हजार अमेरिकी सेना मध्ये आधाभन्दा बढीको घर हो।
अमेरिकी सैनिकले गरेको यौन दुर्व्यवहारको घटनाले स्थानीय जनतामा पनि आक्रोश बढेको छ।
सन् १९९५ मा यस्तै एउटा घटना बाहिर आएको थियो। तीन अमेरिकी कर्मचारीले १२ वर्षीया बालिकालाई बलात्कार गरेका थिए। त्यसपछि महिनौंसम्म आन्दोलन भएको थियो।
अहिले अमेरिकी सैनिकविरुद्ध लागेको नयाँ आरोपमा पनि पीडित नाबालिग नै छिन्। उनको उमेर १६ वर्षभन्दा कम रहेको बीबीसीले जनाएको छ।
354
Shares
प्रतिक्रिया