भारतको दिल्लीमा शुक्रबार (आज) बिहानै भएको भीषण वर्षाका कारण त्यहाँस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल १ को छत खसेको छ।
समाचार एजेन्सी पीटीआई र एएनआईका अनुसार छत भत्किँदा ६ जना घाइते भएका छन्। यो छाना सवारीसाधन र ट्याक्सीमा खसेको थियो, जसमा केही मानिस थिए।
हेर्नुहोस् घटनास्थलको भिडिओ-
— ANI (@ANI) June 28, 2024#WATCH | Latest visuals from Terminal-1 of Delhi airport, where a roof collapsed amid heavy rainfall, leaving 6 people injured pic.twitter.com/KzxvkVHRGG
घटनाबारे जानकारी पाएपछि दिल्ली फायर डिपार्टमेन्टका चारवटा गाडी उद्धारका लागि घटनास्थलमा पुगेका थिए। घरको छतबाहेक सपोर्ट बिम पनि खसेकाले यात्रु ओसारपसार गर्ने सवारीसाधन दुर्घटनामा परेका छन्।
हेर्नुहोस् तस्बिर-
दिल्ली इन्टरनेसनल एयरपोर्ट लिमिटेडका प्रवक्ताले बीबीसी हिन्दीसँग भनेका छन्, ‘बिहानैदेखि भइरहेको भारी वर्षाका कारण टर्मिनल १ को पुरानो डिपार्चर्स विङको क्यानोपीको केही भाग बिहान ५ बजे भत्किएको थियो। केही घाइते भएका छन्। सबै घाइतेलाई आकस्मिक उपचारका लागि आवश्यक सहयोग र चिकित्सा सेवा उपलब्ध गराइँदै छ।’
उनका अनुसार यस घटनाका कारण टर्मिनल १ बाट सबै उडान अस्थायी रूपमा रोकिएका छन् र सुरक्षाका लागि चेक इन काउन्टर बन्द गरिएका छन्।
भारतीय मौसम विभागले दिल्ली-एनसीआर क्षेत्रमा अझै केही समय हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा जारी रहने र २० देखि ४० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने जानकारी दिएको छ।
दिल्ली-एनसीआरमा पस्यो मनसुन, तीव्र हावाका साथ भारी वर्षा सुरु (भिडिओ)
Shares
प्रतिक्रिया