भारतको राजधानी दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार बिहान एउटा ठूलो दुर्घटना भयो।
भारतीय सञ्चारमाध्यमका अनुसार टर्मिनल १ मा पार्किङको छाना भत्किँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
‘बिजुली चम्कियो, बादल फुटेजस्तो लाग्यो’
घटनास्थलमा उपस्थित एक प्रत्यक्षदर्शीले भने, ‘बिहान साढे ५ बजे बिजुली चम्कियो र बादल फुटेको जस्तो लाग्यो। हेर्दाहेर्दै छत खस्यो, जसका मुनि ८/१० वटा सवारीसाधन थिचिए। एक/दुई जनाको मृत्यु भएको र कैयौँ घाइते भएको खबर छ। त्यो छानो खस्छ जस्तो लागेकै थिएन।’
घटनास्थलमा उपस्थित अर्का एक व्यक्तिले आफूले पनि यस्तै अनुभव गरेको बताए। उनका अनुसार भारी वर्षाका बीच बिहानको समय विमानस्थलको टर्मिनल १ मा गाडीको लामो लाइन लागेको थियो, त्यही बेला पार्किङस्थलको छत एक्कासि भत्किएर खस्यो र ती सवारीसाधनमा बज्रियो। त्यहाँ उपस्थित मानिसहरूबीच भागाभाग मच्चियो। अनि आपतकालीन सेवाहरूलाई तुरुन्तै मद्दतका लागि बोलाइयो।
पार्किङस्थलमा राखिएका सवारीसाधनमाथि खस्यो छत
त्यसपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले दुर्घटनामा परी ज्यान गुमाएका र घाइतेका परिवारलाई क्षतिपूर्ति दिने घोषणा गर्दै भने, ‘मृतकका परिवारलाई २० लाख र घाइतेलाई ३ लाख रुपैयाँ राहत दिइने छ। यात्रुको सुरक्षा हाम्रो प्राथमिकता हो।’
दुर्घटनाका कारण उडान प्रभावित
दुर्घटनाका कारण टर्मिनल १ बाट हुने उडान अस्थायी रूपमा बन्द गरिएका छन्। सावधानीका रूपमा चेक इन काउन्टर बन्द गरिएको छ। हालसम्म २८ उडान प्रभावित भएका छन्। खराब मौसमका कारण मध्यरात १२ बजेदेखि हालसम्म २८ उडान रद्द भएका छन् भने १२ उडान प्रभावित भएका छन्।
Shares
प्रतिक्रिया