युक्रेनमा मिसाइल हमलामा दुई बालबालिकासहित ११ जनाको मृत्यु भएपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेरि एकपटक लामो दूरीका हतियारका लागि अपिल गरेका छन्।
‘हाम्रा सहरहरू र मानिसहरूले हरेक दिन रुसी आक्रमणको सामना गरिरहेका छन्, तर हामी रुसी मिसाइल लन्चर नष्ट गरेर यो समस्याबाट पार पार्न सक्छौँ’, उनले सोसल मिडिया प्लेटफर्म टेलिग्राममा पोस्टमार्फत भनेका छन्, ‘तर, यसका लागि युक्रेनलाई लामो दूरीका हतियार चाहिन्छ। साथै आधुनिक वायु रक्षा प्रणाली पनि बढाउनुपर्नेछ।’
शनिबार युक्रेनको दुर्गम क्षेत्र जापोरिझियाको भिल्न्यान्स्कमा रुसी आक्रमणमा ११ सर्वसाधारणको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन्।
यसपछि जेलेन्स्कीले पश्चिमी देशहरूसँग लामो दूरीको हतियारको माग गरेका छन्।
78
Shares
प्रतिक्रिया