उत्तर प्रदेशको हाथरसमा भएको भागदौडमा मृत्यु हुनेको संख्या ८७ पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
सो घटनाको छानबिनका लागि समिति गठन गरिएको छ। मारिनेहरुमा महिला र बालबालिका पनि छन्।
सयौँ मानिस सहभाग सत्सङमा सो घटना भएको बताइएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री योगी आदित्यनाथले यसबारे दुःख व्यक्त गरेका छन्।
मृतकको संख्याबारे फरकफरक विवरण आएका छन्। स्थानीय धर्मगुरु भोलेबाबाको सम्मानमा सो सत्सङ आयोजना गरिएको बताइएको छ।
मृतकका परिवारलाई दुई लाखका दरले र घाइतेका परिवारलाई ५० हजारका लागि क्षतिपूर्ति दिने घोषणा गरिएको छ।
69
Shares
प्रतिक्रिया