ad ad

ग्लोबल


युक्रेनका बाल अस्पतालमा पनि रुसले गर्‍यो आक्रमण, ३१ जनाको मृत्यु

युक्रेनका बाल अस्पतालमा पनि रुसले गर्‍यो आक्रमण, ३१ जनाको मृत्यु

नेपालखबर
असार २५, २०८१ मंगलबार ७:३५, काठमाडौँ

युक्रेनमा रुसले गरेको पछिल्लो आक्रमणमा ३१ जनाको मृत्यु भएको छ भने १५० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

राजधानी किभमा मात्रै १७ जनाको मृत्यु भएको छ। दुई बाल अस्पतालमा पनि आक्रमण भएको बीबीसीले जनाएको छ। 

निप्रोपेट्रोभस्कमा भएका विभिन्न आक्रमणमा ११ जनाको मृत्यु भएको छ। बाँकी मानिस कहाँ मारिए भन्नेबारे खुलेको छैन।

ओमेटिडाट अस्पताल पनि रुसी आक्रमणमा परेको छ। आक्रमणको समयमा अस्पतालको बाल वार्डमा २० बालबालिकाको उपचार भइरहेको थियो।

बाल अस्पतालमा देखिएको तस्विरमा ठूलो क्षति देख्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .