ad ad

ग्लोबल


नाइजेरियामा विद्यालय भवन धसिँदा १०० जना पुरिए

नाइजेरियामा विद्यालय भवन धसिँदा १०० जना पुरिए

घटनास्थल। तस्बिर : गेट्टी इमेज्स


नेपालखबर
असार २९, २०८१ शनिबार ८:२७, काठमाडौँ

नाइजेरियाको उत्तरी सेन्ट्रल राज्यमा एउटा विद्यालयको भवन धसिँदा त्यसमा रहेका १०० जना पुरिएका छन्। स्थानीय सञ्चारमाध्यम र समाचार एजेन्सी एएफपीले मृत्युका विभिन्न सङ्ख्या दिएका छन्।

नाइजेरियाली अखबार ‘पञ्च’ले मृत्यु हुनेको संख्या १७ बताएको छ भने एएफपीले हालसम्म २१ जनाको मृत्यु भएको जनाएको छ।

शुक्रबार बिहान राज्यको राजधानीमा रहेको सेन्ट एकेडेमी स्कुलको भवन धसिँदा सो विद्यालयमा उपस्थित सय जना पुरिएका हुन्।

नाइजेरियाको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सी वा नेमाले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेको छ, ‘मृत्यु हुनेको संख्या पुष्टि गर्ने प्रयास गरिरहेका छौँ। हालसम्म भग्नावशेषमा फसेका ४० बालबालिकालाई उद्धार गरी अस्पताल पठाइएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .