अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प शनिबार साँझ पेन्सिलभेनियाको बटलरमा आयोजित चुनावी र्यालीलाई सम्बोधन गर्दै थिए।
त्यही क्रममा उनलाई एक बन्दुकधारीले गोली प्रहार गरे।
गोलीले ट्रम्पको दाहिने कानमाथि सामान्य चोट मात्र लागेको छ तर र्यालीमा आएका एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
अमेरिकी गुप्तचर सेवाका अधिकारीहरूले आक्रमणकारीलाई गोली हानेर मारेका छन्।
यस अवधिमा के के भए त? बुँदागत रूपमा जान्नुहोस्-
साँझ ५ बजे : ट्रम्पले र्यालीलाई सम्बोधन गर्नु थियो।
साँझ ६ः०३ बजे : ट्रम्प ली हेजलवुडको गीत ‘गड ब्लेस द यूएस’ गीतका साथ स्टेजमा पुगे।
साँझ ६ः११ बजे : ट्रम्पको चुनावी भाषण सुरु भएको केही समयपछि गोली चल्यो।
साँझ ६ः१२ बजे : गोली चल्नेबित्तिकै गुप्तचर सेवाका एजेन्टले पूर्वराष्ट्रपति ट्रम्पलाई घेरा हालेर मञ्चबाट सकुशल बाहिर निकाले। यस क्रममा ट्रम्पको काननजिक र अनुहारमा रगत देखिएको थियो।
साँझ ६ः१४ बजे : ट्रम्पको चुनावी अभियान टोली कार्यक्रम स्थलबाट हिँड्यो।
साँझ ६ः४२ बजे : गुप्तचर सेवाले विज्ञप्ति जारी गरी ट्रम्प सुरक्षित रहेको र घटनाको गम्भीर रूपमा अनुसन्धान भइरहेको बतायो।
साँझ ७ः०३ बजे : ट्रम्पको चुनावी अभियानका प्रतिनिधिले ट्रम्प सुरक्षित रहेको जानकारी दिए।
साँझ ७ः४५ बजे : कानुनी एजेन्सीले संदिग्ध व्यक्ति र एकजना र्यालीमा सहभागी व्यक्ति मारिएको पुष्टि गरे।
राति ८ः१३ बजे : अमेरिकी राष्ट्रपति जो बाइडेनले आक्रमणको निन्दा गर्दै ट्रम्पसँग छिट्टै फोनमा कुरा गर्ने बताए।
राति ८ः४२ बजे : ट्रम्पले घटनाबारे पहिलो वक्तव्य जारी गर्दै गोली गोली आफ्नो दाहिने कानको माथिल्लो भागमा लागेको बताए।
राति ९ः३३ बजे : अमेरिकी गुप्तचर एजेन्सी एफबीआई पिट्सबर्गले कानुनी एजेन्सीका रूपमा घटनाको अनुसन्धानको नेतृत्व गर्ने बतायो।
- एफबीआईले सार्वजनिक गर्यो ट्रम्पलाई गोली हान्ने व्यक्तिको पहिचान
- ट्रम्पलाई गोली प्रहार घटनामा अमेरिकी गुप्तचरको बयान- आक्रमणकारीलाई तत्काल मार्यौँ
- एफबीआईले भन्यो- हाम्रा पूर्वराष्ट्रपति ट्रम्पको हत्या प्रयास भयो
- ट्रम्पलाई गोली प्रहारबारे बाइडेनको प्रतिक्रिया: उनी सुरक्षित रहेको थाहा पाउँदा राहत मिलेको छ
- गोली लागेर घाइते भएपछि ट्रम्पले लेखे- ‘गड ब्लेस अमेरिका’
- अमेरिकामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार (भिडिओ)
Shares
प्रतिक्रिया