ad ad

ग्लोबल


शेख हसिना भारत भागेपछि सोमबार बंगलादेशमा के के भए?

शेख हसिना भारत भागेपछि सोमबार बंगलादेशमा के के भए?

शेख हसिना भागेपछि सोमबार बंगलादेशी प्रधानमन्त्री निवासमा प्रदर्शनकारी


नेपालखबर
साउन २२, २०८१ मंगलबार ६:३०, काठमाडौँ

बंगलादेशमा शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाडेपछि धेरै सहरमा ठूलो मात्रामा लुटपाट र आगजनी भएका छन्।

राजधानी ढाकामा जनताको भीड सडकमा उत्रियो भने प्रधानमन्त्री निवाससहित धेरैवटा भवनमा तोडफोड गरियो।

सार्वजनिक तस्बिरहरूमा प्रधानमन्त्रीको कार्यालयबाट सामान बोकेर हिँडेको  देखिन्छ भने प्रदर्शनकारीहरू प्रधानमन्त्री निवासको सोफामा बसेर सेल्फी खिचिरहेको पनि देखिन्छ। 

शेख हसिना प्यालेसभित्र प्रदर्शनकारीहरू

यस्तै प्रदर्शनकारीहरूले गृहमन्त्री निवासमा पनि तोडफोड गरेका छन्। 

बंगलादेशका सेना प्रमुखले जनतालाई शान्ति कायम राख्न अपिल गरेका छन्। उनले देशमा अन्तरिम सरकार बन्ने र त्यसका लागि सबै दलसँग वार्ता भइसकेको बताएका छन्।

यसैबीच बेलायत र युरोपेली संघले बंगलादेशको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देशमा लोकतन्त्र जोगाउन तत्काल कदम चाल्न आग्रह गरेका छन्।

बंगलादेशमा सरकारी जागिरमा आरक्षणको विरोधमा गत जुलाई महिनादेखि देशका विद्यार्थीहरूले प्रदर्शन गरिरहेका थिए।

यो आन्दोलन निकै आक्रामक र हिंस्रक भयो र जुलाई महिनामा मात्रै ३०० भन्दा बढी मानिस मारिए।

गत महिना मात्रै शेख हसिनाले आन्दोलन रोक्न सेना परिचालन गरिन् तर रोकिएन। 

ढाकामा बंगलादेशका संस्थापक तथा शेख हसिनाका पिता मुजिबुर रहमानको शालिक भत्काउँदै प्रदर्शनकारीहरू।

बंगलादेशका विद्यार्थीले आइतबारदेखि सविनय अवज्ञा आन्दोलनको आह्वान गरेका थिए। यसमा सबै सरकारी कर नतिर्न सर्वसाधारणलाई अपिल गरिएको थियो।

शेख हसिनाको सरकार ढलेपछि उत्सव मनाउन ढाकामा देखिएको भीड।

बंगलादेशमा आइतबार ठूलो मात्रामा हिंसा भड्किएको थियो र त्यसमा ९० जनाको मृत्यु भएको थियो भने प्रहरीले सोमबार २० जनाको मृत्यु भएको पुष्टि गरेको छ। 

शेख हसिनाका छोरा साजीव वाजिद रोयले बीबीसी वर्ल्ड सर्भिस कार्यक्रम न्युजहोरलाई आफ्नी आमाले आइतबारै पदबाट राजीनामा दिने मन गरेको बताएका छन्। 

शेख हसिनाका छोरा सजीव वाजिद

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .