ad ad

ग्लोबल


भारतको बेंग्लोरमा महिलाको बीभत्स हत्या

भारतको बेंग्लोरमा महिलाको बीभत्स हत्या

२९ वर्षीया महिलाको बीभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ। तस्बिर : न्युजएक्स


नेपालखबर
असोज ६, २०८१ आइतबार १६:४८, काठमाडौँ

भारतको बेंग्लोरमा एक २९ वर्षीया महिलाको बीभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ। 

भारतीय प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरुले जनाएअनुसार महालक्ष्मी नामकी ती महिलाको हत्या गरी फ्रिजमा शव टुक्रा–टुक्रा अवस्थामा राखिएको शव फेला परेको हो। 

यसअघि सन् २०२२ मा पनि दिल्लीमा एक महिलाको बीभत्स हत्या भएको थियो। आउटलुक इन्डियाका अनुसार छिमेकीले गन्ध आएपछि खबर गरेका थिए। द इन्डियन एक्सप्रेसका अनुसार उनी बस्ने अपार्टमेन्टका मालिक जयराम छिमेकीको सूचनापछि महालक्ष्मीको निवास पुगेपछि शव भेटिएको थियो। 

त्यसपछि उनैले प्रहरीलाई खबर गरेका थिए। भारतीय प्रहरीले यससम्बन्धी आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ। 

वेस्ट जोनका एसीपी एन साथीश कुमारले पीटीआईसँग भनेका छन्, ‘एक महिलाको शव टुक्रा टुक्रा अवस्थामा फ्रिजमा राखिएको भेटिएको छ। उक्त घर व्यालिकावल प्रहरी स्टेसनको कार्यक्षेत्रभित्र पर्छ। यो घटना ४–५ दिनअघि भएको हुनसक्छ।’

न्युजएक्सका अनुसार ती महिला विहारकी हुन्। उनी कर्णाटकमा बस्दै आएकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .