ad ad

ग्लोबल


लेबनानको राजधानी बेरुतमा इजरायलले गर्‍यो भीषण हमला

लेबनानको राजधानी बेरुतमा इजरायलले गर्‍यो भीषण हमला

लेबनानको राजधानी बेरुतको अवस्था


नेपालखबर
असोज १८, २०८१ शुक्रबार ८:६, काठमाडौँ

लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा ठूलो विस्फोटको आवाज सुनिएको छ।

बेरुतबाट आएको रिपोर्टअनुसार यो क्षेत्र स्थानीय एयरपोर्टभन्दा बाहिर छ र इजरायलले यहाँ हमला गरेको छ।

यसअघि इजरायली सेनाले मानिसहरूलाई यस क्षेत्रका दुईवटा भवनबाट बाहिर निस्कन आग्रह गरेको थियो।

इजरायलले वेस्ट बैंकमा पनि हमासविरुद्ध सैन्य कारबाही गरेको छ।

वेस्ट बैंकका प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले इजरायली आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको बताएका छन्।

अधिकारीहरुका अनुसार इजरायलले तुलकर्म शरणार्थी शिविरमा हवाई हमला गरेको छ।

इजरायलले यस हमलामा हमासका वरिष्ठ सदस्य जाही यासर अब्द अल रजाक मारिएको बताएको बीबीसीको समाचारमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .