ad ad

ग्लोबल


इजरायली सेना भन्छ- लेबनानमा हिजबुल्लाहका १५ सदस्य मारिए

इजरायली सेना भन्छ- लेबनानमा हिजबुल्लाहका १५ सदस्य मारिए

इजरायलले लेबनानमा हिजबुल्लाहका १५ सदस्य मारिएको दाबी गरेको छ।


नेपालखबर
असोज १७, २०८१ बिहिबार २०:५१, काठमाडौँ

इजरायलले लेबनानका बिन्त जबेल जिल्लासहित धेरै ठाउँमा आक्रमण गरेको छ। जसमा हिजबुल्लाहका १५ सदस्य मारिएको इजरायली सेनाले जनाएको छ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) रातभरि आफ्ना युद्धक विमानले बिन्ट जबेलमा स्थानीय प्रशासनको भवनमा आक्रमण गरेको जनाएको छ। उसका अनुसार ‘जसमा हिजबुल्लाह लडाकुहरू बस्थे, साथै ठूलो मात्रामा उनीहरूका हतियार राखिएका थिए।’

आईडीएफले भनेको छ– आक्रमणमा १५ हिजबुल्लाह लडाकु मारिएका छन्।

लेबनानमा हतियार भण्डारण साइट र अवलोकन पोस्टसहित लगभग २०० हिजबुल्लाह लक्ष्यमा प्रहार गरिएको आईडीएफले बताएको छ।

यसअघि इजरायलको सेनाले दक्षिणी लेबनानमा हिजबुल्लाहसँगको झडपमा आफ्ना ८ सैनिक मारिएको बताएको थियो।

आईडीएफले मंगलबार हिजबुल्लाहविरुद्ध लेबनानमा स्थलगत आक्रमण सुरु गरेको हो। 

यसैबीच इरान समर्थित हिजबुल्लाहले युद्धका क्रममा इजरायली ट्यांक ध्वस्त पारेको र इजरायली सेनालाई पछाडि फर्काउन आफूसँग पर्याप्त सेना र गोलाबारुद रहेको दाबी गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .