८५ वर्षीया एक वृद्धालाई ठगी गरेको आरोपमा दुई नेपाली पक्राउ परेको न्यु साउथ वेल्स प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार २२ वर्षकी एक नेपाली युवती र १९ वर्षका नेपाली युवक हाल प्रहरी हिरासतमा छन्।
प्रहरीले उनीहरुलाई सोमबार स्थानीय समयअनुसार साढे ४ बजे पश्चिम सिड्नीको टेलोपीस्थित निवासबाटै पक्राउ गरेको थियो।
उनीहरुलाई ग्रानभिले पुलिस स्टेसनमा राखिएको छ। अस्ट्रेलियाको प्रहरीको वेबसाइटका अनुसार ती वृद्धा महिलालाई उनीहरुले बैंकबाट फोन गरेको भनेर ठगेका थिए।
नयाँ अकाउन्ट खोल्नुपर्ने भन्दै उनीहरुले डिपोजिटका लागि ३ हजार डलर र पछि ५ हजार डलर मागेका थिए।
ठगी गर्ने दुवैलाई मंगलबार स्थानीय अदालतमा उपस्थित गराइएको छ। उनीहरुलाई अदालतले जमानतमा नछाडेको बताइएको छ।
3
Shares
प्रतिक्रिया