भारतमा आयकर विभागले भारतीय कांग्रेस सांसदको परिवारको स्वामित्वमा रहेको डिस्टिलरी कम्पनी (रक्सी बनाउने कारखाना) मा छापा मार्दा ३५१ करोड भारतीय रुपैयाँ बरामद भएको छ।
समाचार एजेन्सी पीटीआईले दिएको जानकारीअनुसार यो कुनै पनि अनुसन्धान एजेन्सीद्वारा एकल अपरेसनमा बरामद अहिलेसम्मकै उच्च रकम हो।
यो डिस्टिलरी झारखण्डका कांग्रेस राज्यसभा सांसद धीरज साहुको परिवारसँग सम्बन्धित छ। तर साहुले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।
बौद्ध डिस्टिलरी प्राइभेट लिमिटेडलगायतका प्रवर्द्धकविरुद्ध आयकर विभागको छापा मारेको आइतबार पाँचौँ दिन थियो।
कर छली र ‘अफ द बुक’लेनदेनको आरोपमा कर अधिकारीहरूले डिसेम्बर ६ देखि छापा मारिरहेका छन्।
93
Shares
प्रतिक्रिया