ad ad

ग्लोबल


उत्तर प्रदेश: गुडिरहेको रेलमा यात्रु कुटेको भिडिओ भाइरल, टीटीई निलम्बन

उत्तर प्रदेश: गुडिरहेको रेलमा यात्रु कुटेको भिडिओ भाइरल, टीटीई निलम्बन

नेपालखबर
माघ ४, २०८० बिहिबार १९:३०, काठमाडौँ

भारतको उत्तर प्रदेशमा गुडिरहेको रेलमा एक यात्रुलाई कुटपिट गरेको भिडिओ भाइरल भएपछि भारतीय रेलवेले यात्रा टिकट परीक्षक (टीटीई) लाई निलम्बन गरेको छ।

यसको जानकारी रेलमन्त्री अश्विनी वैष्णवले पनि दिएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस्तो दुर्व्यवहारमा शून्य सहनशीलता छ। टीटीई निलम्बन गरिएको छ।’

एक्समा कारबाहीबारेमा जानकारी दिँदै, उत्तर पूर्वी रेलवेले लेखेको छ, ‘घटनाको तत्काल संज्ञान लिँदै सम्बन्धित टीटीईलाई तत्काल प्रभावबाट निलम्बन गरिएको छ।’

उत्तर पूर्वी रेलवेले आफ्नो पोस्टमा निलम्बन आदेशको प्रतिलिपि पनि जारी गरेको छ, जसमा यो लेखिएको छ, ‘टीटीई प्रकाश लखनऊ जंक्शनसँग सम्बद्ध छ।’

यस्तो छ भाइरल भिडिओ-

बिहीबार सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल भएको थियो, जसमा टीटीईले ट्रेनमा बसेका यात्रुलाई निर्ममतापूर्वक कुटिरहेको देखिन्छ।

यो भिडिओ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आइरहेका छन् र मानिसहरूले विरोध गरिरहेका छन्।

लखनऊ जंक्शनका डीआरएमले पनि टीटीईलाई निलम्बन गरिएको र उनीविरुद्ध अनुसन्धान सुरु गरिएको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .