धेरै जना कर्मचारीले एकैचोटि बिदा लिएपछि एयर इन्डिया एक्सप्रेस कम्पनीले धेरैवटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ।
समाचार एजेन्सी एएनआईका अनुसार एयर इन्डिया एक्सप्रेसले मंगलबार रातिदेखि बुधबार बिहानसम्मका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ७० भन्दा बढी उडान रद्द गरेको हो।
एजेन्सीले यसको पछाडि चालक दलका वरिष्ठ सदस्यहरू बिदामा गएको बताएको छ।
यसैबीच, समाचार एजेन्सी पीटीआईले एयर इन्डिया एक्सप्रेसका प्रवक्तालाई उद्धृत गर्दै भनेको छ- कम्पनीले कर्मचारीहरू सँगै बिदामा जानुको कारण पत्ता लगाउन र समस्या समाधान गर्ने प्रयास गरिरहेको छ।
आकस्मिक रूपमा उडान रद्द भएको भन्दै धेरै यात्रुले सामाजिक सञ्जालमा गुनासो गरिरहेका छन्।
66
Shares
प्रतिक्रिया