भारतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले गरेको टिप्पणीप्रति कडा आपत्ति जनाएको छ।
भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारतको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भनी अमेरिकाको आलोचना गरेको हो।
भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘भारतका केही कानुनी प्रक्रियामा अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको टिप्पणीको हामी कडा आलोचना गर्छौँ। कूटनीतिमा एक देशले अर्काको सार्वभौमसत्ता र आन्तरिक मामिलाको सम्मान गर्ने अपेक्षा गरिन्छ। लोकतान्त्रिक मुलुकबाट त झन् यो अपेक्षा बढी गरिन्छ। भारतको कानुनी प्रक्रिया स्वतन्त्र न्यायपालिकामा आधारित छ, जुन वस्तुनिष्ठ र समयसापेक्ष न्याय प्रदान गर्न प्रतिबद्ध छ। त्यसमा प्रश्न गर्नु अनुचित हो।’
समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले ‘हामी मुख्यमन्त्री अरविन्द केजरीवालका विषयमा निष्पक्ष, पारदर्शी र समयसापेक्ष कानुनी प्रक्रियाको अपेक्षा गर्दछौँ’ भनेका थिए।
— Randhir Jaiswal (@MEAIndia) March 27, 2024India strongly objects to the remarks of the US State Department Spokesperson:https://t.co/mi0Lu2XXDL pic.twitter.com/pa9WYNZQSi
Shares
प्रतिक्रिया