भारतीय राज्य दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल थप चार दिन हिरासतमा बस्नुपर्ने भएको छ।
मदिरा नीति घोटाला प्रकरणमा अघिल्लो बिहीबार पक्राउ परेका केजरीवाल अब आगामी अप्रिल १ सम्म प्रवर्तन निर्देशनालय (ईडी) को हिरासतमा रहने छन्।
ईडीले उनलाई हिरासतमा राख्न थप ७ दिनको म्याद मागेको भए पनि अदालतले ४ दिन मात्र दिएको हो।
यसअघि शुक्रबार अदालतले आज मार्च २८ सम्मको म्याद ईडीलाई दिएको थियो।
त्यसैले ईडीले आज मुख्यमन्त्री केजरीवाललाई राउज एभिन्यु अदालतमा उपस्थित गराउँदै हिरासतको अवधि बढाउने अनुमति लिएको हो।
129
Shares
प्रतिक्रिया