अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन तीन दिनका लागि चीन भ्रमणमा आउने भएका छन्। ब्लिन्केन अप्रिल २४ मा चीन आइपुग्नेछन् र २६ तारिखसम्म बस्नेछन्।
बीबीसीको समाचारअनुसार यस भ्रमणका क्रममा ब्लिन्केनले बेइजिङ र सांघाईमा चिनियाँ अधिकारीहरूसँग भेट गर्नेछन्।
अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार ब्लिन्केनले चिनियाँ अधिकारीहरूसँग दुई देशबीचको सम्बन्धबारे छलफल गर्नेछन्।
साथै मध्यपूर्वमा जारी तनाव, रुस र युक्रेनबीच जारी युद्ध र दक्षिण चीन सागरका विषयमा पनि ब्लिन्केन र चिनियाँ अधिकारीबीच वार्ता हुनेछ।
75
Shares
प्रतिक्रिया