भारतमा लोकसभा निर्वाचनअन्तर्गत मंगलबार तेस्रो चरणको मतदान सम्पन्न भएको छ।
भारतीय निर्वाचन आयोगका अनुसार तेस्रो चरणअन्तर्गत ९३ सिटका लागि मंगलबार बिहान ७ बजे सुरु मतदान राति ११:४० बजे सकिएको हो।
आयोगका अनुसार सबैभन्दा बढी असममा ८१.६१ प्रतिशत र सबैभन्दा कम उत्तर प्रदेशमा ५७.३४ प्रतिशत मत खसेको छ।
कहाँ कति प्रतिशत मत?
बिहार– ५८.१८
छत्तीसगढ– ७१.०६
दादरा, नगर हवेली र दमन दिव– ६९.८७
गोवा– ७५.२०
गुजरात– ५८.९८
कर्नाटक– ७०.४१
मध्य प्रदेश– ६६.०५
महाराष्ट्र– ६१.४४
पश्चिम बंगाल– ७५.७९
Approximate Voter turnout as of 11.40 pm of 3rd phase of #GeneralElections2024 is 64.40 %
— Spokesperson ECI (@SpokespersonECI) May 7, 2024
You can also watch the approximate updated turnout live on ECI's Voter Turnout Apphttps://t.co/AKgw44yKvk pic.twitter.com/N4B4utjnVh
तेस्रो चरणमा आसामका ४, बिहारका ५, छत्तीसगढका ७, गोवाका २, गुजरातका २५, कर्नाटकका १४, महाराष्ट्रका ११, मध्यप्रदेशका ८, उत्तर प्रदेशका १०, पश्चिम बंगाल राज्यका ४ र केन्द्रशासित नगर हवेली एवं दामनका २ स्थानमा मतदान भएका हुन्।
यस चरणमा १२० जना महिलासहित १ हजार ३०० उम्मेदवार चुनावी मैदानमा छन्।
तेस्रो चरणको यस निर्वाचनमा केन्द्रीय गृहमन्त्री अमित शाह, मध्यप्रदेशका पूर्व मुख्यमन्त्री शिवराज सिंह चौहान र दिग्बिजय सिंह, मन्त्रीहरू ज्योतिरादित्य सिन्दिया, मनसुख मान्डविय, समाजवादी पार्टीकी नेतृ डिम्पल यादव, भारतीय कम्युनिस्ट पार्टीका नेता सुप्रिया सुलेलगायत नेता चुनावी प्रतिस्पर्धामा छन्।
यसअघि सन् २०१९ को चुनावमा आज भइरहेका ९३ स्थानमध्ये भारतीय जनता पार्टीले ७२ स्थानमा जित हासिल गरेको थियो।
आजको तेस्रो चरणको निर्वाचनपछि भारतीय लोकसभाको कूल सिट ५४० मध्ये आधामा मतदान सम्पन्न हुनेछ। यसअघि पहिलो र दोस्रो चरणको मतदान भइसकेका छन्।
सात चरणमा भइरहेको भारतको लोकसभाको निर्वाचन गत अप्रिल १९ तारिखमा सुरु भएर आगामी जुन १ तारिखमा सम्पन्न हुँदै छ। यस चुनावमा प्रधानमन्त्री मोदीको नेतृत्वको भारतीय जनता पार्टीले लगातार तेस्रोपटक विजय हासिल गर्नेगरी प्रचार गरिरहेको छ।
Shares
प्रतिक्रिया