दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल शुक्रबार साँझ दिल्लीको तिहाड जेलबाट रिहा भएका छन्।
सर्वोच्च अदालतले धरौटीमा रिहा गर्न अन्तरिम आदेश दिएपछि ५० दिनदेखि तिहाड जेलमा रहेका उनी आज बाहिर निस्किन पाएका हुन्।
उनी जेलबाट निस्किँदा ‘जेलको ताला फुटे, केजरीवाल छाडे’ भन्ने नारा लगाउँदै ठूलो संख्यामा समर्थकहरू भेला भएका थिए।
रिहा हुनासाथ केजरीवालले भने, ‘मैले छिट्टै आउँछु भनेको थिएँ, म आएँ। सबैभन्दा पहिले म हनुमानजीको चरणमा पूजा गर्न चाहन्छु, हनुमानजीको आशीर्वादले आज म तपाईंहरू सबैको बीचमा छु।’
केजरीवालले थपे, ‘म सबैलाई धन्यवाद दिन चाहन्छु। देशका करोडौँ मानिसहरूले मलाई प्रार्थना र आशीर्वाद पठाए। म सर्वोच्च अदालतका न्यायाधीशहरूलाई धन्यवाद दिन चाहन्छु जसको कारणले गर्दा म आज तपाईंहरू माझ छु।’
केजरीवालले अगाडि भने, ‘हामी सबै मिलेर देशलाई तानाशाहीबाट बचाउनुपर्छ। म त तन, मन र धनले लडिरहेको छु, तानाशाहीविरुद्ध लडिरहेको छु, तर १४० करोड जनताले तानाशाहीविरुद्ध लड्नुपर्छ।’
अरविन्द केजरीवालले शनिबार बिहान ११ बजे दिल्लीको कनाट प्लेसमा रहेको हनुमान मन्दिरको दर्शन गर्ने बताएका छन्। उनले आफ्ना समर्थकहरूलाई पनि त्यहाँ पुग्न आग्रह गरेका छन्।
केजरीवालले शनिबार दिउँसो १ बजे पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्ने बताएका छन्।
मदिरा नीति घोटाला प्रकरणमा मुख्यमन्त्री केजरीवाललाई मार्च २१ मा ईडीले पक्राउ गरेको थियो।
हेर्नुहोस् केजरीवाल रिहाइको भिडिओ-
50 दिनों के बाद तिहाड़ जेल से बाहर आए CM @ArvindKejriwal | LIVE #SatyamevJayte #ModiCantStopKejriwal https://t.co/uhSbsQIeph
— AAP (@AamAadmiParty) May 10, 2024
Shares
प्रतिक्रिया