ad ad

ग्लोबल


थाइल्यान्डमा ३७ वर्षीया पेतोङतार्न सिनावात्रा बनिन् प्रधानमन्त्री

थाइल्यान्डको इतिहासमा सबैभन्दा कान्छी प्रधानमन्त्री
थाइल्यान्डमा ३७ वर्षीया पेतोङतार्न सिनावात्रा बनिन् प्रधानमन्त्री

थाइल्यान्डकी नवनिर्वाचित प्रधानमन्त्री ३७ वर्षीया पेतोङत्रान सिनावात्रा


नेपालखबर
साउन ३२, २०८१ शुक्रबार ११:५६, काठमाडौँ

थाइल्यान्डमा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी पेतोङतार्न सिनावात्रा प्रधानमन्त्री बनेकी छन्।

३७ वर्षीया पेतोङतार्नलाई थाइल्यान्डको संसद्‌ले प्रधानमन्त्री पदमा निर्वाचित गरेको हो। 

उनी थाइल्यान्डको इतिहासमा सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी छन्।

यस्तै प्रधानमन्त्री पद सम्हाल्ने उनी देशकै दोस्रो महिला पनि बनेकी छन्।

आन्टी यिङलक थाइल्यान्डको प्रधानमन्त्री बन्ने देशको पहिलो महिला थिइन्।

संवैधानिक अदालतले पूर्वप्रधानमन्त्री श्रीता ताविसिनलाई बर्खास्त गरेको दुई दिनपछि पेतोङतार्न सिनावात्रा प्रधानमन्त्रीमा निर्वाचित भएकी हुन्।

नवनिर्वाचित पेतोङतार्न र पूर्वप्रधानमन्त्री श्रीथा ताविसिन दुवै फेउ थाई पार्टीका हुन्।

सिनावात्राको परिवारका चार सदस्य यसअघि थाइल्यान्डको प्रधानमन्त्री भइसकेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .