ad ad

ग्लोबल


‘इन्फ्लुएन्सर’ प्रिया सिंहमाथि कार चढाएको प्रकरण: प्रेमीसहित तीनै अभियुक्त न्यायिक हिरासतमा

‘इन्फ्लुएन्सर’ प्रिया सिंहमाथि कार चढाएको प्रकरण:  प्रेमीसहित तीनै अभियुक्त न्यायिक हिरासतमा

उपचाररत प्रिया सिंह


नेपालखबर
पुस २, २०८० सोमबार १७:५३, काठमाडौँ

भारतकी सोसल मिडिया इन्फ्लुएन्सर (सामाजिक सञ्जालमा प्रभाव पार्ने व्यक्ति) प्रिया सिंहविरुद्ध आक्रमण र कार चढाएको प्रकरणमा महाराष्ट्रको ठाणेस्थित एक अदालतले अश्वजित गायकवाडसहित तीन अभियुक्तलाई १४ दिनका लागि न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ।

समाचार एजेन्सी एएनआईका अनुसार अश्वजित महाराष्ट्र राज्यका एक वरिष्ठ अधिकारीका छोरा हुन्। प्रहरीले उनीसहित तीन अभियुक्तलाई आज अदालतमा पेस गरेको थियो।

प्रिया सिंहको आरोपअनुसार अश्वजित उनका ‘ब्वायफ्रेन्ड’ थिए र उनीहरू साढे ४ वर्षदेखि सम्बन्धमा थिए। अश्वजितले उनलाई विवाह गर्ने वचन पनि दिएको प्रियाको दाबी छ। 

के छन् आरोप?
सामाजिक सञ्जालमा एक पोस्टमार्फत प्रिया सिंहले आरोप लगाइन्, ‘अश्वजितले मलाई आफ्नी श्रीमतीसँग डिभोर्स गरिसकेको र अहिले छुट्टै बस्ने गरेको बताएका थिए। तर घटना भएको दिन मैले जब अश्वजितलाई आफ्नी श्रीमतीसँग देखेँ, उनी रिसाए। यसैकारण उनले मलाई मार्न खोजे।’

अश्वजितसिंह गायकवाडले आफूलाई कारले किचेर हत्या गर्ने प्रयास गरेको प्रियंकाको आरोप छ। 

यस प्रकरणमा प्रहरीले अश्वजितसहित तीन जनाविरुद्ध मुद्दा दर्ता गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .