भारतीय राज्य राजस्थानको झालवार जिल्लाको भवानी मण्डीस्थित पगारिया थाना क्षेत्रमा डम्परले किचेर पाँच जनाको हत्या गरिएको छ।
बीबीसी हिन्दीका अनुसार दुई पक्षबी झडपका क्रममा डम्परले किचेर ५ जना मारिएको हो।
घटनाबारे जानकारी दिँदै भवानी मण्डीका डेपुटी एसपी प्रेम चौधरीले भने, ‘एउटै गाउँका दुई समूहबीच झडप भएको थियो। यस विषयमा खबर गर्न मोटरसाइकलमा प्रहरी चौकीतर्फ जाँदै गरेका पाँचजनालाई डम्परले किचेर हत्या गरिएको हो।’
उनले थपे, ‘यस मामिलामा रणजित सिंह र डुङ्गर सिंह नामका दुई जना आरोपित छन्। एकलाई हिरासतमा लिएर सोधपुछ भइरहेको छ र अर्का आरोपितको खोजी भइरहेको छ।’
डेपुटी एसपी प्रेम चौधरीका अनुसार शव पोस्टमार्टमपछि परिवारलाई बुझाइएको छ।
123
Shares
प्रतिक्रिया