भारतीय राज्य छत्तीसगढको दुर्ग जिल्लामा मजदुरले भरिएको बस खानीमा खस्दा १४ जनाको मृत्यु भएको छ। दुर्घटनामा १५ जना घाइते भएका छन्।
स्थानीय पत्रकार आलोक पुतुलका अनुसार दुर्गको कुम्हारी नजिक दुर्घटना भएको हो। बसमा निजी कम्पनीका कर्मचारी सवार थिए।
यो घटना मंगलबार राति करिब ८ः३० बजे भएको हो। खापरी गाउँनजिकै पुग्दा बस अनियन्त्रित भई ४० फिट गहिरो खानीमा खसेको बीबीसी हिन्दीले जनाएको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र छत्तीसगढका मुख्यमन्त्री विष्णु देव साईले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।
96
Shares
प्रतिक्रिया