कोरोना महामारीपछि भारतमा हृदयाघात (हार्टअट्याक) का घटनाहरू तीव्र रूपमा बढेका छन्।
पार्टीमा नाच्दानाच्दै, पार्कमा कसरत गर्दागर्दै र खेल खेल्दाखेल्दै अचानक हृदयाघात भएका धेरै भिडिओ पनि भाइरल भएका छन्।
यसपछि मानिसहरूले प्रश्न उठाएका छन्- यी अचानक बढ्दो हृदयाघात र मृत्युको सम्बन्ध कोरोनाविरुद्धको खोपसँग कुनै सम्बन्ध छ कि छैन?
यो प्रश्न बेलायतमा पनि उठ्यो र मानिसहरू अदालत गए। कोभिसिल्ड भ्याक्सिन बनाउने कम्पनी एस्ट्राजेनेकालाई यस खोपका कारण धेरैको मृत्यु भएको र धेरैलाई गम्भीर रोग लागेको आरोप लगाइएको छ। बेलायती उच्च अदालतमा यस्ता ५१ मुद्दा दर्ता भएका छन्।
बेलायती उच्च अदालतमा सुनुवाइका क्रममा खोप निर्माता एस्ट्राजेनेका कम्पनीले आफ्नो कोरोना भ्याक्सिनले थ्रोम्बोसिस थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोम अर्थात् टीटीएस निम्त्याउन सक्ने कुरा स्वीकार गरेको छ। यो दुर्लभ रोगमा शरीरमा रगत जम्छ र प्लेटलेट्सको संख्या घट्छ।
चिन्ताको कुरा के छ भने भारतको सिरम इन्स्टिच्युटले एस्ट्राजेनेकाको फर्मुलाबाट कोभिसिल्ड नामको खोप बनाएको छ। भारतमा कोभिसिल्ड लगभग १७५ करोड डोज लगाइएको छ। यसको अर्थ भारतको कूल जनसंख्याको आधाभन्दा बढी जना यस दुर्लभ सिन्ड्रोमको जोखिममा छन्, जसले स्ट्रोक र हृदयाघातजस्ता गम्भीर समस्या निम्त्याउन सक्छ।
अदालतमा कम्पनीको प्रवेश कुनै मामुली समाचार होइन, बरु स्वास्थ्यसम्बन्धी चेतावनी हो। सबैले आफ्नो मुटुको स्वास्थ्यप्रति सचेत हुन जरुरी छ। दैनिक भास्करबाट
Shares
प्रतिक्रिया