भीषण आँधीका कारण भारतको मुम्बईमा सोमबार साँझ ठूलो होर्डिङ खसेर लाग्दा मृत्यु हुनेको संख्या ८ पुगेको छ। दुर्घटनामा ६० जना घाइते भएका छन्।
प्रहरीका अनुसार घाटकोपर (ई) क्षेत्रको समता कोलोनीमा रहेको रेलवे पेट्रोल पम्प नजिकै राखिएको होर्डिङ सोमबार अपराह्न ४ः३० बजे एक्कासी आएको भीषण हावाहुरीले खसेको हो।
वर्षा र हावाहुरी आएपछि पेट्रोल पम्पमा बसेका मानिसको भीडमा होर्डिङ बोर्ड खसेको थियो।
उद्धारको क्रम राति अबेरसम्म जारी रहेको र केही मानिस अझै फसेको आशंका गरिएको बीबीसी हिन्दीले जनाएको छ।
एनडीआरएफ टोली पनि राहत तथा उद्धारमा खटिएको छ। राति उद्धारमा संलग्न एजेन्सीहरूले घटनास्थलमा अझै २० देखि ३० जना फसेको आशंका गरेका छन्।
81
Shares
प्रतिक्रिया