ad ad

ग्लोबल


राजस्थानमा लिफ्ट बिग्रिँदा १४ जना अड्किए, उद्धार जारी (भिडिओ)

राजस्थानमा लिफ्ट बिग्रिँदा १४ जना अड्किए, उद्धार जारी (भिडिओ)

घटनास्थल


नेपालखबर
जेठ २, २०८१ बुधबार ८:२७, काठमाडौँ

भारतीय राज्य राजस्थानको झुन्झुनुस्थित कोलिहान खानीमा लिफ्ट बिगिँदा  कम्तीमा १४ जना फसेको आशंका गरिएको छ।

हिन्दुस्तान कपर लिमिटेड (एचसीएल) को कोलिहान खानीमा मंगलबार राति यो दुर्घटना भएको हो। उद्धार अझै जारी छ।

समाचार एजेन्सी पीटीआईका अनुसार यो लिफ्ट अधिकारीहरूको ढुवानीका लागि थियो।

निमका पुलिस स्टेसन जिल्ला एसपी प्रवीण नायकले पीटीआईसँग केही व्यक्ति घाइते भएको हुनसक्ने बताएका छन्। 

प्रारम्भिक जानकारीअनुसार केही वरिष्ठ अधिकारीसहित एचसीएलको सतर्कता टोली खानीमा निरीक्षणका लागि गएको थियो तर माथि आउन थालेपछि लिफ्टको डोरी चुँडियो र उनीहरू त्यहीँ अड्किए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .