उत्तर र मध्य भारतमा यतिबेला भीषण गर्मी भइरहेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार चुरु, राजस्थान र हरियाणामा तापक्रम ५० डिग्री सेल्सियस पुगेको छ।
दिल्लीका तीन मौसम केन्द्रले तापक्रम ४९ डिग्रीसम्म रेकर्ड गरेका छन्।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले दिल्लीको मुंगेशपुर र नरेलामा ४९.९ डिग्री सेल्सियस र नजफगढमा ४९.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको जनाएको छ।
राजधानी दिल्लीमा यो सिजनको सबैभन्दा उच्च तापक्रम हो।
आईएमडीले मे ३० पछि गर्मीको लहरबाट राहत पाउन सक्ने बताएको छ।
आईएमडीले बिहीबार उत्तर–पश्चिम भारतका केही भागमा सप्ताहन्तमा केही वर्षा हुने अनुमान गरेको छ।
आईएमडीका अनुसार, १० मौसम केन्द्रले यस महिनाको सबैभन्दा बढी तापक्रम रेकर्ड गरेको छन्। जसअनुसार आगरा–ताज ४८.६ डिग्री सेल्सियस, बिहारको देहरीमा ४७ डिग्री सेल्सियस, उत्तर प्रदेशको हमिरपुरमा ४८.२ डिग्री सेल्सियस, उत्तर प्रदेशको झाँसीमा ४९ डिग्री सेल्सियस, हरियाणाको नारनौलमा ९द्धड।छ डिग्री सेल्सियस०, अयानगर(दिल्ली ४८.५ डिग्री सेल्सियस, नयाँ दिल्ली–रिजमा ४७.५ डिग्री सेल्सियस, मध्य प्रदेशको रिवामा ४८.२ डिग्री सेल्सियस, हरियाणाको रोहतकमा ४८.१ डिग्री सेल्सियस र उत्तर प्रदेशको वाराणसीमा ४७.२ डिग्री सेल्सियस तापक्रम छ।
Shares
प्रतिक्रिया