भारतस्थित उत्तर प्रदेशको मथुरास्थित कृष्ण विहार कालोनीमा पानी ट्याङ्की भत्किँदा १२ जना घाइते भएका छन्।
समाचार एजेन्सी पीटीआईका अनुसार एक आवासीय क्षेत्रमा २ लाख ५० हजार लिटर क्षमताको पानीको ट्याङ्की आइतबार साँझ ६ बजे भत्किएर खसेको हो।
दुर्घटनामा कम्तीमा १२ जना घाइते भएको अधिकारीहरूले बताएका छन्।
मथुराका डीएम शैलेन्द्र कुमार सिंहले पत्रकारहरूसँग कुरा गर्दै घाइतेहरूको हाल अस्पतालमा उपचार भइरहेको बताए।
63
Shares
प्रतिक्रिया