ad ad

ग्लोबल


केदारनाथ मार्गमा पहिरो, केही यात्री हताहतको खबर

केदारनाथ मार्गमा पहिरो, केही यात्री हताहतको खबर

घटनास्थल


नेपालखबर
साउन ६, २०८१ आइतबार १२:२७, काठमाडौँ

भारतस्थित केदारनाथ यात्रा मार्गमा आइतबार बिहान पहिरो खस्दा केही व्यक्ति हताहत भएका छन्।

तर उक्त दुर्घटनामा के कति जनधन क्षति भयो भन्ने प्रस्ट भन्न सकिने अवस्था नरहेको बीबीसी हिन्दीले उल्लेख गरेको छ। 

समाचार एजेन्सी पीटीआईका अनुसार यस घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

दुर्घटना सम्बन्धमा उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले पनि आफ्नो एक्स ह्यान्डलमा पोस्ट गरेका छन्, ‘‘केदारनाथ यात्रा मार्गनजिकै पहाडबाट खसेको भग्नावशेष र भारी ढुंगाका कारण केही तीर्थयात्रीको मृत्युको खबर अत्यन्तै दुःखद छ।’

मृख्यमन्त्री धामीले घटनास्थलमा राहत र उद्धारको काम भइरहेको यस सम्बन्धमा म अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको उल्लेख गरेका छन्। 

उनले अगाडि लेखेका छन्, ‘दुर्घटनामा घाइते भएकाहरुलाई तत्काल राम्रो उपचारको व्यवस्था गर्न निर्देशन दिएको छु। भगवान्‌ले दिवंगत आत्माको चिरशान्ति र शोक सन्तप्त परिवारजनमा यो अपार शोक सहन सक्ने शक्ति प्रदान गरुन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .