ad ad

राजनीति


रास्वपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने, विपक्षमा मतदान गर्न ह्विप जारी

रास्वपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने, विपक्षमा मतदान गर्न ह्विप जारी

फाइल तस्बिर


नेपालखबर
साउन ६, २०८१ आइतबार १२:३७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ।

आइतबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्न सांसदहरूलाई ह्विप जारी गर्ने निर्णय भएको एक सांसदले नेपालखबरलाई जानकारी दिए। 

प्रधानमन्त्री ओलीले आइतबार दिउँसो १ बजे प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन्। 

ओली गएको असार ३० गते कांग्रेससहितका दलको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

असार २८ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले संसद्‍मा पेस गरेको विश्वासको मत बहुमत सांसदले अस्वीकृत गरेका थिए।

प्रचण्डले माओवादी केन्द्र, एकीकृत समाजवादी र रास्वपाको मात्रै ६३ मत पाएका थिए। उनको विपक्षमा १९४ मत परेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .