ad ad

ग्लोबल


रामदेवको पतञ्जलिलाई ४ करोड जरिवाना गर्ने अदालतको फैसला

रामदेवको पतञ्जलिलाई ४ करोड जरिवाना गर्ने अदालतको फैसला

नेपालखबर
साउन १४, २०८१ सोमबार २०:४६, काठमाडौँ

भारतको बम्बई उच्च अदालतले पतञ्जलि आयुर्वेदलाई ४ करोड भारतीय रुपैयाँ जरिवाना लगाएको छ। मुम्बई उच्च अदालतले अगस्ट २०२३ मा दिएको आदेशको अवज्ञा गरेको ठहर गर्दै यो जरिवाना लगाएको हो।

मुम्बई उच्च अदालतले अगस्ट २०२३ मा पतञ्जलि आयुर्वेदलाई कपुर उत्पादनको बिक्रीमा प्रतिबन्ध लगाउन आदेश दिएको थियो।

मंगलम अर्गानिक्सले गत वर्ष एक याचिका दायर गरी पतञ्जलिको कपुर उत्पादनले आफ्नो ट्रेडमार्क उल्लंघन गरिरहेको बताएको थियो।

यस निवेदनको सुनुवाइ गर्दै उच्च अदालतले पतञ्जलिलाई कपुरका उत्पादनहरू बिक्री नगर्न आदेश दिएको थियो।

अदालतको फैसलापछि पनि पतञ्जलिले कपुर उत्पादन बिक्री जारी राखेको निवेदकले दाबी गरेका थिए। जुलाई २ मा पतञ्जलिका तर्फबाट अदालतमा माफी मागेको थियो र अदालतको फैसला पालना गर्ने बताएको थियो।

तर पतञ्जलिले माफी मागे पनि कपुर उत्पादनको बिक्री जारी राखेको भनी अदालतले उसलाई ४ करोड रुपैयाँ जरिवाना गरेको  हो। अदालतले यो जरिवाना तिर्न पतञ्जलिलाई दुई साताको समय दिएको छ। बीबीसी हिन्दी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .