लेखक तथा फोटो पत्रकार भरतबन्धु थापा कर्णाली प्रदेशको ‘पर्यटन दूत’ मनोनित भएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको कर्णाली प्रदेश समितिले थापालाई पर्यटन दूत बनाएको हो।
कर्णालीका पर्यटकीय गन्तव्यको पहिचान र प्रचार–प्रसार, कला–संस्कृति र जनजीवनको अभिलेखिकरण एवं समृद्ध कर्णालीको पक्षमा निरन्तर योगदान पुर्याए बापत थापालाई पर्यटन दूत मनोनित गरिएको महासंघको
कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीले बताए।
शाहीका अनुसार असार १७ गतेको कार्यकारिणी समिति बैठकले यो निर्णय गरेको हो।
भगवतीमाई गाउँपालिका–४ मनघर दैलेखका थापा दुई दशकदेखि फोटो पत्रकारितामा सक्रिय छन्।
नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित 'तस्बिरमा नेपाल'सहित पाचवटा पुस्तकका सर्जक थापा प्रकृति र जनजीवनको फोटो खिच्न रुचाउँछन्। थापा सामाजिक अभियानमा पनि सक्रिय छन्।
54
Shares
प्रतिक्रिया