दैलेखमा खोला तर्ने क्रममा एक पुरुष बेपत्ता भएका छन्।
बिहीबार साँझ करिब सात बजेको समयमा चामुन्डाबिन्द्रासैनि नगरपालिका–८ का ३२ वर्षीया गम दमाई बेपत्ता भएका हुन्।
सोही जिल्लाको आठबीस नगरपालिका–१ मा रहेको चिनेखोला तर्ने क्रममा खोलामा आएको बाढीले बगाई उनी बेपत्ता भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
हाल उनको प्रहरीसहित स्थानियहरुको सहयोगमा खोजीकार्य जारी रहेको छ।
यस्तै, असोज १८ गतेबाट परेको अविरल वर्षाको कारण सल्यान जिल्लाको त्रिवेणि गाउँपालिका–२ शंखपिपलमा शारदा नदीको बहाव बढेर एक घर बगाएको छ।
नदीको उत्तरतिर करिब ४५ मिटर टाढाँ रहेको ५७ वर्षीया प्रेमबहादुर घर्ति मगरको घर बगाएको प्रहरीले जनाएको छ।
शुक्रबार बिहान साढे २ बजेको समयमा टिनले छाएको ढुङगा माटोले बनेको २ कोठे १ तले घर्तिको कच्ची घर बगाएको हो।
साथै सोही स्थानका सहदेव पुन मगरको २ तले ४ कोठाको टिनले छाएको कच्ची घर, तेजबहादुर घर्ती मगरको २ कोठाको १ तले टिनले छाएको कच्ची घर र कबिलाल राम्जाको २ कोठे १ तले टिनले छाएको कच्ची घर शारदा नदीमा आएको बाढीको उच्च जोखिममा रहेका छन्।
उक्त स्थानमा ११ जना प्रहरी टोली खटिएर घर भित्र रहेको सामान निकाल्ने र घर परिवारका सदस्यलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।
हालसम्म पशु चौपाय तथा मानवीय क्षति भने नभएको प्रहरीको भनाई रहेको छ।
Shares
प्रतिक्रिया