ad ad

समाज


पश्चिमका जिल्लामा आज पनि भारी वर्षाको संभावना, पूर्वमा क्रमिक सुधार

कुन प्रदेशमा कस्तो हुनेछ मौसम?
पश्चिमका जिल्लामा आज पनि भारी वर्षाको संभावना, पूर्वमा क्रमिक सुधार

फाइल तस्बिर


नेपालखबर
असोज २१, २०७९ शुक्रबार ८:३९, काठमाडौँ

पश्चिम नेपालका जिल्लाहरुमा भारी वर्षाको संभावना कायमै रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षाको संभावना कायम रहेको र लुम्बिनी र गण्डकी प्रदेशका अधिकांश जिल्लाहरुमा पनि मध्यम वर्षा जारी रहने मौसमविद सन्जिव अधिकारीले जानकारी दिए। 

‘आज पनि कर्णाली, सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको संभावना रहन्छ,’ अधिकारीले नेपालखबरसँग भने, ‘लुम्बिनी र गण्डकी प्रदेशका एक दुई स्थानमा पनि भारी वर्षा हुने संभावना देखिन्छ।’

बागमती प्रदेशसहित पूर्वका जिल्लाहरुमा भने क्रमिक रुपमा मौसम सुधार हुने अधिकारीले जानकारी दिए। ‘बागमती, प्रदेश १ र मधेश प्रदेशमा भने भारी वर्षाको संभावना छैन,’ उनले भने, ‘तर, आंशिकदेखि मध्यम वर्षाको संभावना भने त्यहाँ पनि देखिन्छ।’

अबको ३ दिन पूर्ण रुपमा वर्षा रोकिने संभावना भने नभएको विभागले जनाएको छ। 

शुक्रबार राती भने कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा सामान्य देखि पुर्ण बदली र बांकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदलि रहने विभागले जनाएको छ। 

कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशका थोरै  स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .