ad ad

कर्णाली


ओलीको प्रतिगामी कदमलाई चट्टानी अडानका साथ परास्त गर्‍याैँ : नेपाल

ओलीको प्रतिगामी कदमलाई चट्टानी अडानका साथ परास्त गर्‍याैँ : नेपाल

नेपालखबर
कात्तिक ६, २०७९ आइतबार १५:४८, सुर्खेत

नेकपा एकीकृत समाजवादीपार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कर्णाली प्रतिगमनकारीले आफ्नो सरकार बनाउने खोजेको तर असफल भएको बताएका छन्।

सत्ता गठबन्धन दलले आइतबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा गरेको चुनाव लक्षित संयुक्त भेलालाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन्।

नेपालले गठबन्धनको अभियानमा सबैलाई एकजुट हुन अनुरोध गरे।

उनले कर्णाली प्रदेशमा एमालेका नेताहरुले आफ्नो सरकार बनाउन विभिन्न प्रयास थालिए पनि प्रतिगमनकारी शक्तिको विरुद्धमा लड्न आफ्ना नेताहरुले गरेको योगदान उच्च रहेको दाबी गरे। 

उनले भने, ‘प्रतिगमनका नेताले आफ्नो सरकार बनाउने प्रयास गरे। तर, सकेनन् त्यो भूमिका हामीले बिर्सेका छैनौँ।’

नेपालले भने, ‘नेपालको राजनीतिमा व्यक्तिवादी हावि भएको छ। ओलीले व्यक्ति केन्द्रित राजनीति,‌सत्ता चलाए, त्यो अधिनायकवादी चरित्र हो। त्यस्ता व्यक्तिले संविधान कुल्चे, देशलाई अस्तव्यस्त बनाए।’

उनले थपे, लोकतान्त्रलाई धुलिसाप पार्ने कोशिस गरे। गणतन्त्र विरोधी शक्तिसँग‌ साँठगाँठ गर्न थाले। संविधानलाई कुल्चने प्रयास गरे। त्यसैले हाम्रो यो अभियान थालिएको हो।’

साथै नेपालले यो गठबन्धन अग्रगामी गठबन्धन भएको दाबी गरे।

‘ओलीले उठाएका जोखिमलाई हामीले चट्टानी अडानका साथ लागेर प्रतिगामी शक्तिलाई परास्त गर्याैं’ उनले भने।

यस्तै, नेपालले लोकतन्त्र जोगाउन, जनताको समान र न्यायकाको साथै जनताको जीवनको प्रत्याभूति गर्ने, गास, बास, कपास, व्यक्तिगत विकासका गठबन्धन अगाडी बढेको बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .