ad ad

खेल


भारतलाई पाकिस्तानले दियो १६० रनको चुनौती

भारतलाई पाकिस्तानले दियो १६० रनको चुनौती

नेपालखबर
कात्तिक ६, २०७९ आइतबार १५:५३, काठमाडौँ

टी-२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आइतवार दिउँसो भइरहेको खेलमा पाकिस्तानले चिरप्रतिद्वन्द्वी भारतलाई १६० रनको मध्यम चुनौती दिएको छ। 

जारी विश्वकपमा पाकिस्तानलाई भारतलाई दिएको १६० रनको चुनौती सबैभन्दा ठूलो पनि हो। 

भारतले टस जितेर पहिले बलिङ रोजेको थियो। ब्याटिङको निम्तो पाएको पाकिस्तानले सुरुमै दुई ओपनर गुमाएको थियो। 

पहिलो विश्वकप खेलिरहेका भारतका अर्शदीपले ओपनर बाबर र मोहम्मद रिजवानसहित ३ पाकिस्तानी ब्याटसम्यानलाई पवेलियन पठाए। हार्दिक पान्ड्याले पनि ३ विकेट लिए। 

पाकिस्तानको तर्फबाट इफ्तिकार अहमदले ५१ रनको अर्धशतकीय पारी खेले। 

शान मसुदले पनि ५२ रन बनाए। इफ्तिकारलाई भाग्यले पनि साथ दियो। मोहम्मद शमीको बलमा उनको एक मुश्किल क्याच छुट्यो। पाकिस्तानका ६ ब्याट्सम्यानले दोहोरो अंक छोएनन्। 

भारत र पाकिस्तानबीच यसअघि टी-२० विश्वकपका ६ भिडन्त भएका छन्। जसमा भारतले तीन पटक टस जितेको थियो। र, उसले ती सबै खेल जितेको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .