नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार (आज) कर्णालीका तीन जिल्लामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्।
ओलीले बिहान ११ कालीकोट जिल्लाको रोस्कोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् भने त्यसपछि दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाको जुम्बुकाँधमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ।
यस्तै, ओलीले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घणटघरको पश्चिमपट्टि आयोजना गरिएको बृहत् चुनावी सभालाई सम्बोधन गर्ने एमाले कर्णाली प्रदेशले जनाएको छ।
वीरेन्द्रनगरमा दिउँसो २ बजेपछि सभालाई ओलीले सम्बोधन गर्ने छन्। साथसाथै, लाेक गायक ब्रदि पंगेनी पनि सहभागी हुनेछन्।
75
Shares
प्रतिक्रिया