दैलेख क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभाका लागि त्रिपक्षी भिडन्त जारी छ।
पछिल्लो नतिजा अनुसार नेकपा एमालेबाट प्रदेशको भावी मुख्यमन्त्रीका दोबदारको रुपमा प्रस्तुत गरिएका एमाले प्रदेश अध्यक्ष विनोद कुमार शाहलाई नेकपा (माओवादी केन्द्र) का योगेन्द्र शाहीले ८४२ मतान्तरले पछि पारेका छन्।
एमालेको गढ मानिएको उक्त क्षेत्रमा पछिल्लो नतिजा अनुसार ३ हजार ६७३ मतगणना हुँदा माओवादीका शाहीले १ हजार ८२५ मत प्राप्त गरेका छन्।
एमाले नेता शाहले जम्मा ९८३ मत मात्रै प्राप्त गरेका छन्।
माओवादी नेता शाही र शाह पुर्व सहकर्मी हुन्। शाही माओवादीबाट टिकट पाउने भएपछि केही समय अघि मात्रै माओवादीमा प्रवेश गरेका थिए।
यहाँ एमाले नेता शाहलाई नेमकिपा जय बहादुर थापाले पछ्याइरहेकका छन्। थापाले ६१३ मत प्राप्त गरेका छन्।
492
Shares
प्रतिक्रिया