कर्णाली प्रदेश सरकारमा सहभागिता जनाउनका लागि नेपाली कांग्रेसले मन्त्रीको नाम टुंगो लगाएको छ। जसमा रिक्त रहेका तीन मन्त्रालयमा कांग्रेसबाट तीन सांसदको नाम मन्त्रीका लागि मंगलबार टुंगो लागेको हो।
कांग्रेस प्रदेश समितिका प्रवक्ता दमन शाहीका अनुसार यसअघि एमालेले सम्हालेका मन्त्रालयमा नै सहभागिता जनाउने गरी तीन मन्त्रीको नाम सिफारिस गरिएको छ।
मन्त्रीका लागि सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ प्रदेश सभा (१) बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेल, जाजरकोट प्रदेशसभा (१) निर्वाचित बेदराज सिंह र दैलेख निर्वाचन क्षेत्र नम्बर–१ प्रदेश सभ (१) बाट निर्वाचित सांसद कृष्ण विसी मन्त्रीका लागि सिफारिस भएका छन्।
आर्थिक मामिला तथा योजना मन्त्रीमा बेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्ग पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा विसीलाई पठाइएको छ।
कांग्रेसभित्र विसी संस्थापन इत्तर पक्षको प्रतिनिधित्व गर्दछन् भने सिंह र पोखरेल संस्थापन पक्षको प्रतिनिधित्व गर्दछन्।
यस्तै, एमाले–माओवादीको गठबन्धन बनेर कर्णाली सरकार गठन हुँदा मन्त्रालयको सख्या ८ बाट झारेर ७ बनाईएको थियो। तर, हालको गठबन्धनले ८ मन्त्रालय नै कायम गर्ने विषयमा छलफल भइरहेको छ।
Shares
प्रतिक्रिया