नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजसंस्था फर्काउने कुनै आश नगर्न चेतावनी दिएका छन्।
आइतबार बसेको कर्णाली प्रदेश सभाको बैठकमा बोल्दै कँडेलले पूर्वराजा शाहले गरेका गतिविधिले समाजमा द्वन्द्व निम्त्याउने बताए।
शनिबार प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतका पूर्वराजा शाहको टोलीलेसहितको उपस्थितिमा भएको कार्यक्रम र उनले गरेको सम्बोधनलाई लिएर ‘आफ्नो परिवारको वंश बचाउन नसक्नेले देश बचाउन सक्छ?’भनि टिप्पणी गरे।
उनले भने, ‘दलीय प्रक्रियामा दलको विकल्प हुन सक्छ। त्यसको समय अनुकुल अगाडि बढ्न सकिन्छ। तर, व्यवस्था, संविधान र लोकतान्त्रिक गणतन्त्रको विकल्प कसैले सोच्न सक्छ भने हामी मुकर्दशक भएर बस्न सक्दैनौँ। त्यसतर्फ नेकपा एमालेको ध्यानर्षण भएको छ।’
कँडेलले पूर्वराजालाई नेता बन्ने रहर छ र राजनीति गर्ने भए पार्टी खोल्न चुनौती दिए।
Shares
प्रतिक्रिया