जाजरकोट भूकम्पमा सबै भन्दा बढी प्रभावित चिउरीगाउँमा एमालेले अस्थायी संरचना निर्माण गर्न सुरु गरेको गरेको छ।
पार्टीको केन्द्रीय विपद व्यवस्थापन विभागका प्रमुख किरण पौडेल र केन्द्रीय सदस्य निरज आचार्य लगायतको उपस्थितमा त्रीपालमुनी बसेका भूकम्प पीडितका लागि अस्थायी बसोबास निर्माण सुरु गरिएको हो।
१३ जनाको ज्यान गएको चिउरी गाउँका प्रायः सबै घर पूर्णरुपमा क्षति भएका छन्।
चिसो समय आएकोले पीडितहरुलाई तत्काल अस्थायी छानोमुनी ल्याउन अस्थायी टहरा निर्माण कार्यलाई तिब्रता दिएको पार्टी केन्द्रीय सदस्य समेत रहेका विभाग प्रमुख पौडेलले जानकारी दिए।
एमालेले कात्तिक १ गतेदेखी ११ सय स्वयंसेवकहरुको विभिन्न २८ वटा समुह बनाएर भूकम्पबाट क्षती भएका घरहरुको भग्नावशेष हटाउने र अस्थायी टहरा निर्माणको काम गरिरहेको छ।
48
Shares
प्रतिक्रिया