नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) भूकम्प प्रभावित विद्यार्थीहरूका लागि अस्थायी संरचना बनाउन थालेको छ।
जाजरकोट भूकम्पमा परी विद्यालयमा क्षति पुगेपछि विद्यार्थीहरू खुला चौरमा पढ्न बाध्य छन्।
भूकम्पले ध्वस्त बनाएका संरचना पन्छाउने र नयाँ अस्थायी संरचना बनाउने काममा अनेरास्ववियुका स्वंयसेवकहरू लागेका हुन्।
अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष नारायण घर्ती नेतृत्वमा खटिएका विद्यार्थी स्वयंसेवक टोलीले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको–१४ मा अस्थायी संरचना बनाउन लागेको हो।
श्री आदर्श माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि अस्थायी टहरा निर्माणको काममा स्वयंसेवकहरू जुटेका छन्। स्वयंसेवकहरूले आठवटा अस्थायी टहरा निर्माण कार्य करिब सकेका छन्।
निर्माण कार्य सम्पन्न गरेर ती टहरा विद्यालयलाई हस्तान्तरण गरेका छन् स्वयंसेवक टोलीले जानकारी दिएको छ।
Shares
प्रतिक्रिया